धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।
बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । ‘एमसीसी सहयोग परियोजना हो, यो परियोजनामा नेपालकै कानुन लागू हुन्छ । अमेरिकी कानुन लागू हुन्छ भन्ने कुरा साँचो होइन,’ उनले भने ।
५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।
प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ९ : २८ बजे
प्रतिक्रिया