साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बागमती प्रदेश सरकारद्वारा ‘बागमती कानुन एप्स’ सञ्चालन 

मकवानपुर । बागमती प्रदेश सरकारले बिहीबारबाट औपचारिक रूपमा “बागमती कानुन” एप्सको सुरुवात गरेको छ । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजय क्रान्ति शाक्यले एप्सको शुभारम्भ गर्नुभएको हो । 

बागमती प्रदेश एप्समार्फत संविधानलगायत सङ्घीय वा अन्य प्रदेश सरकारद्वारा बनाइएका ऐन नियम, कानुन, कार्यविधिहरू समेत जानकारी प्राप्त गर्न सकिने, ऐन नियमको जानकारी लिन सकिने, कानुन सम्बन्धी राय सुझावमा सर्वसाधारणलाई प्रत्यक्ष संलग्न गराउन सकिने, आवश्यक कानुनहरू डाउनलोड गर्न सकिने गरी तयार गरिएको बताइएको छ ।

एप्सको शुभारम्भ गर्नुहुँदै मन्त्री शाक्यले डिजिटल बागमती प्रदेश बनाउने सन्दर्भमा एप्सले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले प्रविधिको उचित प्रयोगमार्फत प्रदेश सरकारले निर्माण गरेका कानुनका बारेमा जनतालाई छिटो र यथार्थ रूपमा जनाकारी दिन एप्सको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । 

 

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ०१ बजे