यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मुख्यमन्त्री शाक्यले माग्नुभयो विश्वासको मत 

काठमाडौं ।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत माग्नुभएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो । 

गत २४ असोजमा  बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो  । 

आफू मुख्यमन्त्री हुँदा आफ्नो पार्टी एमालेको एकल बहुमत रहेको स्मरण गराउँदै उहाँले अहिले एमालेमाथि आक्रमण भइरहेको बताउनुभयो । 

प्रदेशसभामा एक सय नौ सांसद हुनुुहन्छ  । सरकार बनाउन ५५ सांसद आवश्यक पर्दछ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३, माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद हुनुहुन्छ ।
 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ४ : ४० बजे