दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ ।

छापावाल सुन बुधवार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । 

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ । बुधवार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधवारको तुलनामा प्रतितोला रु २५ ले बढेर आज रु एक हजार २६० पुगेको छ । चाँदी बुधवार प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो । 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १२ : ०८ बजे