साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले अध्यक्ष ओलीलाई भेटेपछि करिश्माले भनिन् उहाँको बिचार सुन्दा आनन्द आयो

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीको बिचार सुन्दा आनन्द आएको बताउनुभएको छ । अध्यक्ष ओलीलाई भेटन करिश्मा हिजो बालकोट पुग्नुभएको थियो । नायिका करिश्मासँगै सांसद एवं गायिका कोमल ओली, कलाकार जितु नेपाल पनि सहभागी हुनुभएको थियो । नायिका मानन्धरले अध्यक्ष ओलीसँगको भेटलाई सामाजिक सञ्जालमा राख्दै भन्नुभएको छ, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा  र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के.पी  ओली ज्यु लाई धेरै धन्यवाद ।’

पछिल्ला समय करिश्माको स्टयाटसमा ओलीसँग घनिष्टता बढदै गएको भन्दै केहीले उहाँ नेकपा एमाले प्रवेश गर्ने हल्ला समेत चलाईरहेका छन् । 

करिश्माले मंगलबार एक घण्टाको बीचमा दुई स्टाटस राख्दै एमाले प्रवेशको संकेत गर्नुभएको थियो । अध्यक्ष ओलीले गर्नुभएको फोनको स्क्रिन सट शेयर गर्दै उहाँले , ‘बा यत्तिकै भएको होइन रहेछ ।’ भन्नुभएको थियो । अध्यक्ष ओलीले करिश्माको कक्षा १२ को परीक्षाको क्रममा पनि सफलताका लागि शुभकामना दिनुभएको थियो । 
 

​​​​​​​

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : ४१ बजे