मन्थली विमानस्थलमा पानी पस्यो

एमाले स्थायी कमिटी बैठक बस्दै, वडा र स्थानीय तहको अधिवेशनका बारेमा छलफल हुने

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक  आज बस्ने भएको छ । 

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ः०० बजे  स्थायी कमिटी बैठक बस्न लागेको हो । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ । 

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय  तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ३९ बजे