दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

कोरोना नियन्त्रणका लागि रूसले बिदा दिने

मस्को – रूसले कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भूक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको फैलावट रोक्न अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म देशभरि भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा बुधबार हस्ताक्षर गर्नुभएको हो ।

पुटिनले सरकारलाई भने, “हामीले सामना गर्ने स्थितिलाई ध्यानमा राख्दै म निश्चित रूपमा अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म कर्मचारीको ज्यालाको सुनिश्चितता गर्ने तर देशभर काम नहुने दिनहरु लागू गर्ने प्रस्तावको समर्थन गर्दछु ।”

उहाँले आवश्यक परेको खण्डमा बिदाका दिनहरु विस्तार गर्न सकिने बताउनुभएको छ । 

रासस÷एएनआई

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : २३ बजे