मन्थली विमानस्थलमा पानी पस्यो

सरकारको ग्रास घटेको छ, चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँगै हुने ठोकुवा गर्दै अरु दलको हैसियत नरहेको बताउनु भएको छ । एमाले बागमतिको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका कांग्रेससँगै प्रतिस्पर्धा रहेको तर जनतामा जान कांग्रेसको एजेन्डा नै नभएको बताउनु भयो ।

उहाँले माओवादीको हैसियत एउटा वडा पनि जित्न नसक्ने रहेको बताउनु भयो । ‘एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दै गफ दिन थालेका छन, तिनका हैसियत चुनावपछि थाह हुन्छ,’ ओलीले भन्नुभयो । ओलीले माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर प्रचण्डले बोलेको भन्दै आफूले त्यो ठीकै कुरा हो भन्दिएपछि अब देशकै ठूलो पार्टी बन्ने गफ दिन थालेको बताउनु भयो ।

अध्यक्ष ओलीले पार्टी अब महाधिवेशनमा जुटेको भन्दै महाधिवेशनले कार्यकर्तामात्र होइन जनतालाई समेत परिचालन गर्नुपर्ने बताउनु भयो ।

सम्बोधनको क्रममा उहाँले सत्तारुढ गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको बताउनु भयो । ‘सरकारको ग्रास घटेको छ, चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ । अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : २२ बजे