‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मर्कामा परेका किसानलाई तत्काल राहत देऊ

विगत केही दिनदेखी देशका विभिन्न जिल्लामा परेको अविरल बर्षा, बाढी र डुवानका कारण यतिवेला किसानले नसोचेको क्षति व्योहोर्नु परेको छ । असारमा रोपेको मानो थन्क्याउने बेलामा परेको बेमौसमी बर्षाले किसानलाई ठुलो क्षति पुगेको छ । बर्षा र बाढी वारे थाहा पाउने भरपर्दो सुचनाको माध्यम नहुँदा किसानले क्षतिमात्रै व्योहोर्नु परेन खेती लगाउदाको ऋणसमेत तिर्न नसक्ने अवस्थामा  उनीहरु पुगेका छन् । 

मुख्यत खेती किसानमा संलग्न कृषकले असारको चटारो टार्न साहुसँग मंसिरमा धानबाली भित्रयाएपछि ऋण तिर्ने शर्तमा कर्जा लिएका हुन्छन् । पाकेको धानबाली खेतैमा डुबेपछि तत्कालको खाँचो टार्न लिएको ऋण समेत तिर्न नसक्ने अवस्थामा किसानहरु पुगेका छन् । बाढी, वर्षा र डुवानले यतिबेला किसानको उत्पादन, उत्पादन फार्महरु र हजारौ हेक्टर खेतियोग्य जमीन र वाली  समेत नष्ट भएको छ । 

धान नेपालको प्रमुख खाद्य वाली हो । यसले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ठुलो टेवा पु¥याउदै आएको छ । यसवर्ष समयमै मनसुन भएका कारण धान उत्पादन बढ्ने अपेक्षा गरिएको थियो । अपेक्षित हिसावले उत्पादन पनि भएको हो । तर धान उत्पादक किसानले प्राकृतिक विपत्तिका कारण आफुले वर्षभरी मेहनत गरेर लगाएको वाली भित्र्याउन पाएनन् । बेमौसमी वर्षाले खेतमा काटेर राखेको धान वा काट्ने अवस्थामा रहेको धानमा समेत नोक्सानी भएको छ । वर्षभरी खान र घर व्यवहार धान्ने अन्नको रुपमा रहेको धान खेतमै सड्ने अवस्था आएकाले किसानहरु थप चिन्तित छन् । प्रमुख खाद्यवालीको रुपमा रहेको धानमा भएको यस प्रकारको क्षतिले खाद्य सुरक्षामा समेत आँच आउन सक्ने स्थिति नरहला भन्न सकिन्न । 

वर्षा, बाढी र डुवानले सिर्जना गरेको यस विषम परिस्थितिबाट धानमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारले जतिसक्दो छिटो पहल अगाडि बढाउन जरुरी छ । खेतीमै जीवन निर्वाह गदै आएका किसानको व्यवसाय पुनस्र्थापनासमेतका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम अविलम्व घोषणा गदै मर्कामा परेका किसानलाई राहत दिनु सरकारको पहिलो कर्तव्य हो । मर्कामा परेका किसानलाई जतिसक्दो छिटो राहत र उद्धार गर्दै आवश्यक व्यवस्था तत्काल गर्नु जरुरी देखिन्छ, त्यतातिर ध्यान जाओस । 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ३२ बजे