देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आइफोन–१३ को प्रि-बुकिङ खुला

काठमाडौं । नेपालमा आइफोन–१३ का मोडलहरुको प्रि–बुकिङ खुलेको छ।

नेपालका लागि आइफोनको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले विभिन्न ९ वटा मोडलहरुको प्रि-बुकिङ खुल्ला गरेको हो । आइफोन १३, १३ प्रो, १३ प्रो म्याक्सको प्रि-अर्डर गर्ने ग्राहकहरुलाई आगामी कात्तिक १२ देखि डेलिभरी गर्ने नेक्स्टले जनाएको छ। 

आइफोन १३ प्रो म्याक्स- २५८ जीबीको दुई लाख पाँच हजार ९०० रुपैयाँ, आइफोन १३- १२८ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ, प्रो म्याक्स- १२८ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ, आइफोन १३ प्रो- १२८ जीबीको एक लाख ७४ हजार ९०० रुपैयाँ र आइफोन १३ प्रो- २५६ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ पर्ने नेक्स्टले जनाएको छ।

यस्तै, नेक्स्टका अनुसार आइफोन १३ मिनी- १२८ जीबीको एक लाख २० हजार ९०० रुपैयाँ, आइफोन १३- २५६ जीबीको एक लाख ५४ हजार ९०० रुपैयाँ, आइफोन १३- ५१२ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ र आइफोन १३ मिनी- २५६ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ तोकिएको छ । 

उपभोक्ताले प्रि–बुकिङका लागि इभोलुसन ट्रेडिङको आधिकारिक वेबसाइट इभोस्टोरमा गइ अर्डर गर्न सक्छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : २२ बजे