रोल्पा – रुन्टिगढी गाउँपालिका-१ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १ : २८ बजे
प्रतिक्रिया