मन्थली विमानस्थलमा पानी पस्यो

प्रधानमन्त्री देउवाको सय दिन जनतामा निराशामात्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार  बनेको आज एक सय दिन पूरा भएको छ । जनताद्धारा निर्वाचित  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर अदालतको परमादेशमा गठबन्धनको सरकार बनाउन सफल हुनुभएका प्रधानमन्त्री देउवा नेतृत्वको सरकार बन्दै जनताले खासै ठुलो अपेक्षा त गरेका थिएनन् नै तर चारपटकसम्म प्रधानमन्त्री बन्नुभएका देउवालाई यसअघि अयोग्य प्रधानमन्त्री भनेर  लागेको दाग हटाउने यसपालि प्राप्त भएको यो अवसरले सुधार गर्लान कि भन्ने झिनो आशा पनि सय दिनको अवधिमा देखिएको विवादले हटेको छ । 

सरकारको कामको मुल्यांकन १०० दिनको अवधिले गर्छ । हरेक सरकारले आफु नेतृत्वको सरकारले गरेका कामलाई १०० दिनका अवसरमा सार्वजनिक गदै आईरहेका पनि छन । तर देउवा सरकारले ८८ दिनमा मात्रै आफनो सरकार पूर्ण बनाएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिलाउन नै ८८ दिन खर्चिने सरकारले विकास निमार्णका काममा खासै रुची देखाएको देखिदैन । सरकार बनेको १०० दिनसम्म पनि प्रधानमन्त्रीको आफनै सचिवालय बनाउन नसक्नु, राजनीतिक नियुक्तिमा मात्रै ध्यान दिनु, ओली सरकारले ल्याएका खोप बाढेर चर्चा बटुल्नु बाहेक अन्य उपलब्धी यो सरकारले देखाउन सकेको छैन । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभिभारा बोकेर विकास निमार्णमा फट्को मार्दे अघि बढेको तत्कालिन ओली नेतृत्वको सरकारलाई पाँच दलीय गठबन्धनको सहकार्यबाट ढाल्न सफल भएपछि सम्पूर्ण नेपालीको भरोसा यतिबेला टुटेको छ । राज्यको तीन महिनाको महत्वपूर्ण समय यही पाँचदलीय गठबन्धनको भागबण्डा नमिलेर नै मन्त्रिपरिषद बिस्तारमा ढिलाई भयो । ८८ दिनमा बल्ल तल्ल सरकारले पुर्णता पायो ।  कसैको पद जोगाईदिन, कसैको दल फूटाईदिन, अर्को दल जोगाउन, देशलाई बन्धक राख्ने परिपार्टी मै अहिलेसम्म वर्तमान सरकार चलेको छ ।

अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने निर्णय गर्न सक्ने, बिभिन्न आयोगहरु खारेज गर्न सक्ने, विकास निमार्णमा भईरहेका कामहरु रोक्न सक्ने या भनौ अघिल्लो सरकारले गरेका कामहरु खोजीखोजी उल्ट्याउन प्रधानमन्त्रीलाई फुर्सद हुने तर राज्य सन्चालनको कामलाई गति दिने कार्यमा उहाँ गम्भिर देखिनुभएको छैन । भारतीयले तुईन काट्दा बोल्न नसक्ने, विदेशी हेलिकप्टर नेपाली आकाशमा उड्दा बोल्न नसक्ने, दक्षिणतिर सीमा विवाद छ, विवाद नभएको उत्तरी सिमानामा टोली पठाउने, भारतलाई खुसी बनाउन चीनलाई चिढयाउने, चुच्चे नक्साको बारेमा बोल्न नसक्ने । अघिल्लो सरकारले ल्याएका खोप बितरण गर्न नसक्ने जस्ता कार्यले प्रधानमन्त्री देउवा पूर्णत असफल बनिसक्नुभएको छ । 

समग्रमा भन्दा यो सरकार बन्नुको मुल उदेश्य यतिबेला एमाले फुटाउनु बाहेक अरु केही नभएको स्पष्ट देखिएको छ । सरकारका सय दिन आशा र विश्वासका उज्याला दिन हुन् तर परमादेशबाट बनेको सरकार बनाउन जसरी अदालतले मेहनत गरयो त्यसरी नै गठबन्धन पनि प्रधानन्यायधीशलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा मात्रै रहेको देखिन्छ । जसको परिणाम मन्त्रिमण्डल भागबण्डामा स्पष्टै देखिएकै थियो । यतिबेला जनता बेमौसमी बाढीपहिरो, अस्पतव्यस्त जनजीवनमा सरकारको प्रभावकारी उपस्थिति र भरोसा खोजिरहेका छन् तर देउवा सरकार ओलीलाई हटाउन सफल भयौं  भन्दै मस्त निन्द्रामा छ । दिनको सङ्केत बिहानीले देखाउँछ भनेझैँ सरकारका सय दिनले आम जनतामा निराशामात्र छाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ५० बजे