मन्थली विमानस्थलमा पानी पस्यो

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, ४२ वटा ढोका खुल्ला

काठमाडौँ । लगातारको वर्षाका कारण  सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ  । 

मङ्गलवारदेखि बढ्दो स्तरमा रहेको सप्तकोशी नदीको बहाव आज बुधवार बिहान ९ बजेसम्म २ लाख ६० हजार ४५० क्युसेक पुगेको कोसी ब्यारेज प्रशासनले जनाएको छ । 

पानीको बहाव बढ्दै गइरहेकोले कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खुल्ला गरिएको छ । 

झापा, मोरङ , सुनसरी र सप्तरी लगायतका जिल्लाहरूमा अति भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले तटीय क्षेत्र तथा डुबान भइरहेको होचा भू–भागमा रहने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ३० बजे