सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

थप ८ हजार ६०५ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

काठमाडौं  –  नेपालमा आज थप ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ६०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।  नेपालमा  सक्रिय संक्रमितहरुको संख्या ६६ हजार ३ सय ५२ जना छन् ।

त्यस्तै आज थप ५८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ४१ बजे