मन्थली विमानस्थलमा पानी पस्यो

महाकाली नदीमा आएको बाढीले कालोपत्रे सडक बगायो

कञ्चनपुर । ​​​​​​​महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा छ लेनको कालोपत्रे सडक बगाएको छ । 

महाकाली नदीको पक्की पुलसम्म जानका लागि निर्माण गरिएको उक्त छ लेनको सडक पुर्णरुपमा कटान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ ।

सडक कटान भएको र तटबन्ध पनि जुनसुकै समयमा भत्केर महाकाली मानव बस्तीतर्फ पस्ने खतरा भएकाले समयमै सुरक्षित स्थानतर्फ सर्न तटीय क्षेत्रका नागरिकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।

भिमदत्त नगरपालिका ११, १२ र १३ बाढीको बढी जोखिममा रहेका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ३३ बजे