मन्थली विमानस्थलमा पानी पस्यो

किसानलाई तत्काल राहात प्याकेज उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले हिजो र आजको वर्षाका कारण देशभरी भएको धनजनको क्षतीप्रति दुख व्यक्त गरेको छ ।

बाढी र पहिरोका कारण ज्यान गुमाएका र पाकन लागेको बालीको क्षती व्योहोरेका किसानलाई तुरुन्त राहात प्याकेज घोषणा गर्न एमालेले माग गरेको छ । प्रवक्ता प्रदिप ज्ञवालीले आज एक विज्ञप्ती जारी गरेर बाढी पहिराका कारण ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै खेतीबलाीमा ठूलो नोक्सानी व्योहोरेका किसानहरुको पिडामा सहानुभुती प्रकट गर्नुभएको छ ।

ज्ञवालीले अवरुद्ध यातायात तत्काल सञ्चालन गराउन,बाढीमा फसेकालाई राहात उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ०३ बजे