राप्ती नदीको बाढीमा फसेका ४ जनाको उद्दार

काठमाडौं । बाँकेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले राप्ती नदीको बाढीमा फसेका ४ जना पुरुषको १९ घण्टापछि उद्दार गरेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार सोमबार दिउँसो २ बजेतिर राप्ती नदी पारी बनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खाँको मंगलबार बिहान उद्दार गरिएको हो ।

सोही समूहमा गएका अन्य ३ जना पुरुष भने सोमबार दिउँसो नै पौडी खेलेर नदी तर्न सफल भएका थिए । ‘राप्ती नदीको खजुरा टापुमा सोमबार साँझ नै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा खबर गरिएको थियो । 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ०२ बजे