दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

जेलबाहिर आफन्तहरुको भीड

याङ्गोन –  म्यानमारमा प्रजातन्त्र समर्थक कैदीहरुका परिवारका सदस्यहरु मङ्गलबार  यहाँका विभिन्न जेलबाहिर भीड लागेका समाचारमा जनाइएको छ । सैन्य सरकारले हजारौंको संख्यामा उनीका आफन्तहरु रिहा गर्ने प्रतिबद्धता जनाएपछि ती व्यक्तिहरुका भीड भएको हो  ।

गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताउनुभएको थियो । 

अक्टोबरको अन्त्यमा बौद्ध थन्डिथग्युत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताउनु भएको हो । छ महिनापछि आफ्ना परिवारजन छुट्टेपछि भेटघाटको सम्भावनाले खुशी भएका आफन्तजनको जेलबाहिर भीड लागेका समाचारमा जनाइएको छ ।  
    
प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरु भएको र यसबाट देशमा अराजकता छाएको छ । कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।
    
अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरुमा रहेका राजनैतिक कैदीहरुको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरुले जानकारी दिएका छन् ।  जुलाई महिनामा देशभरका जेलहरुबाट २ हजार भन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो । रिहा गरिएका यी व्यक्तिहरु सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरु रहेका थिए । 

रासस÷एएफपी

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : २४ बजे