बाढीको स्थितिमा सुधार

महाकालीको बाढीमा फसेकाको हेलिकप्टरबाट उद्धार गरिदै

काठमाडौं । सोमबार रातिबाट बाढीमा फसेकाहरुको उद्धारका लागि हेलिकप्टर आउनेभएको छ । महाकाली नदीको बीच बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनुभयो ।

‘सुर्खेतबाट हेलिकप्टर उडिसकेको छ, केही छिणमै यहाँ आइपुग्छ ।’ कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुग्नुभएकी मन्त्री जोशीले भन्नुभयो, ‘महाकालीमा मानिस फसेका छन् । पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ । हामी उद्धार गर्छौ ।’

भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीया दीर्घमती खड्का, ३२ वर्षीया शान्ती नायक, नौ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक सोमबार रातिदेखि बाढीमा फसेका छन् । भारतबाट नेपाल फर्कने क्रममा नदीको बीचमा फसेका उनीहरू नदीकोबीचमा ढुङ्गामा बसेका छन् । 
 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : १३ बजे