माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुँदैन : पूर्वअर्थसचिव खनाल

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल सत्तारुढ दल नेकपा माओवादी केन्द्र  विरुद्ध खनिनु भएको छ । उहाँले माओवादीलाई सखाप नपारेसम्म नेपालीको जीवन सुखी नहुने बताउनुभएको छ ।

सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै उहाँले " राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ!" भन्दै आरोप लगाउनु भएको हो ।

​​​​​​​

उहाँले यसअघि  "यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त।" भन्दै ट्वीट गर्नुभएको थियो ।

पूर्वअर्थसचिव खनालले ट्वीटरबाट दसैंको शुभकामना दिंदै "‘बडा दशैँ २०७८ को अन्तिम दिनको शुभकामनाः आगामि चुनावमा कसैलाई पनि माओवादी पार्टीलाई मत दिने अवस्था उत्पन्न नहोस ! बन्धनबाट मुक्ति मिलोस। व्यक्तिगत स्वतन्त्रता सर्वमान्य होस्।’ भन्दै लेख्नुभएको छ । 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ११ : १८ बजे