काठमाडौं– नेकपा एमालेले संशोधित विधान सार्वजनिक गरेको छ ।
एमालेको विधान २०४९ लाई गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट संशोधन सहित केही परिमार्जन गरेर प्रकाशन गरिएको हो । विधानलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेल सहितको टिमले अन्तिम रुप दिएको हो ।
एमालेको विधान अनुसार अब केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुनेछन् । केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुनेछ । यसैगरी राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् , केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकायका रुपमा हुनेछन् ।
विधानमा नौ अध्याय र १० अनुसूची छन् । यो विधानको पहिलो कार्यान्वयन कात्तिक ६ गते हुने वडा अधिवेशनहरुबाट सुरु हुने एमाले केन्द्रीय कार्यलयले जनाएको छ ।
यस्ता छ विधानको पूर्णपाठ
प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार ९ : ३२ बजे
प्रतिक्रिया