सुनको मूल्यमा नयाँ कीर्तिमान

खेलकुद परिषद्का सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

सिलवालको कामकारबाही उत्कृष्ट नभएको कारण बर्खास्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : १६ बजे