बाढीको स्थितिमा सुधार

कैलालीमा खुटिया नदीमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

कैलाली । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । 

जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको प्रनाउ विष्टले बताउनुभयो ।

बेपत्ता आउजीको खोजीका लागि अहिले गोताखोर सहितको टोली घटनास्थलमा गएको बताइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : १९ बजे