बाढीको स्थितिमा सुधार

बस दुर्घटनामा ४२ जना घाइते

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । 

आज बिहान १०.३० बजे  नवलपरासीको त्रिवेणीबाट काठमाडौँका  लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको  मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र  घाइते सबै खतरामुक्त रहेको उनले जानकारी दिए  । 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ३ : ०९ बजे