काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ३ : ०८ बजे
प्रतिक्रिया