माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

साङ्गठनिक विषयमा केन्द्रित रहेर आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसेको हो ।  स्थायी कमिटी अहिले जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

जारी बैठक पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको माओवादी केन्द्रले जनाएको छ।

राष्ट्रिय सम्मेलन तयारी, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी सङ्गठन सुदृढीकरण, सरकारको समिक्षालगायत विषयमा छलफल गर्न राखिएको बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत नेताहरू सहभागी  हुनुहुन्छा ।

 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ३७ बजे