सुनको मूल्यमा नयाँ कीर्तिमान

कर्णाली प्रदेशमा दसैँ अवधिमा साना ठुला गरी २१ सवारी दुर्घटना, ३७ जनाको मृत्यु

कर्णाली।  दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठुला गरी २१ सवारी दुर्घटना भएका छन् । 

प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठुलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । 

नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायानाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । 

यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायानाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । सो दुर्घटनाले सो नगरपालिका पुरै शोक डुब्यो । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् । 

मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा भएका एक/एक सवारी दुर्घटना भए । प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ५५ बजे