नयाँ दिल्ली – भारतमा पेट्रोल र डिजेलको आज पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।
बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।
भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।
सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१।५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।
प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार २ : १४ बजे
प्रतिक्रिया