सुनको मूल्यमा नयाँ कीर्तिमान

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

राजबिराज । सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति खडक नगरपालिका ४ अमहास्थित पुर्ब–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाईकल एक–आपसमा ठक्कर खाएर दुर्घटना भएको सुप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा बा५६प २५१५ नम्बरको मोटरसाईकलमा सवार झापाको शिवसतासी नगरपालिका वडा नम्बर– ६ बस्ने बर्ष २२ को विवेक सापकोटा र स५प ८४३४ नम्बरको मोटरसाईकलमा सवार झापाकै भद्रपुर नगरपालिका वडा नम्बर –४ बस्ने बर्ष २१ को दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

दुर्घटनामा स५प ८४३४ नम्बरको मोटरसाईकलमा सवारमा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ७ बस्ने ३५ बर्षका चन्दन कुमार साह गम्भिर घाईते भएका छन । 

उनलाई उपचारका लागि विराटनगर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : २६ बजे