साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफ च्याम्पियनसिप: भारतले आठौँपटक जित्याे उपाधि, नेपाल स्तब्ध

काठमाडौँ । दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप २०२१ को उपाधि भारतले जितेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३-०ले पराजित गर्दै भारतले आठौँपटक साफको उपाधिमा कब्जा जमाएको हो । 

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह र साहल अब्दुलले समान एकएक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि नेपाल सम्हालिन नसक्दा भारतले २ मिनेटमै २ गोल गर्न सफल भयो । कप्तान सुनिलले ४९औँ मिनेटमा गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै सुरेशले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । त्यसपछि खेलको इञ्ज्युरी समयमा साहल अब्दुलले गोल गर्दै भारतलाई ३-०को जित दिलाए । 

योसँगै भारतले आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाम सुरुवात भएकाे साफमा भारत यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१६ मा च्याम्पियन भएको थियो । 

प्रतियोगिताको दोस्रो स्थानमा रहेर नेपाल २८ वर्षपछि पहिलोपटक उपाधि होडमा पुगेको थियो । तर, बलियो भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न नसक्दा नेपाल उपाधिबाट वञ्चित बन्यो ।  खेलमा नेपालले पनि धेरै अवसरहरु पाएपनि त्यसलाई सदुपयोग गर्दै गोलमा परिणत गर्न सकेन । 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : ५८ बजे