काठमाडौं – १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले उचालेको छ ।
माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा आज भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।
नेपालले पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो भने ८९औं मिनेटमा भारतले पुनः गोल गरेर नेपाल ३–० अन्तरले हराएको छ ।
साफमा समूह चरणको खेलमा नेपालले चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेलमा बराबरी भएको थियो । नेपालले बंगलादेशलाई लिग चरणको अन्तिम खेलमा १–१ को बराबरीमा रोक्दै फाइनल प्रवेश गरेको थियो ।
भारत विरुद्ध गोल गर्न नेपाली फुटबल टोलीलाई हम्मे हम्मे पर्यो । इतिहासमै पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो र उपविजेतामा सिमित रहेको छ ।
प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १० : ४७ बजे
प्रतिक्रिया