साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र भारतबीच बराबरी

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि हाल नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपाल र भारतले गाेलरहित बराबरी खेलेका छन् । 

प्रतिस्पर्धात्मक बनेको खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेको छैन । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा भारत र नेपालले दोस्रो स्थानमा रहेर फाइनल खेलेका हुन् । 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ३८ बजे