दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

दुर्गा पुजाको क्रममा मन्दिरमा तोडफोड, चारजनाको मृत्यु

ढाका । बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । सरकारले सबै देशवासी र धर्मावलम्बीलाई संयमित हुन आग्रह गरेको छ । 

यसै साता दुर्गा पूजाका क्रममा मुस्लिमहरूले हिन्दु मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चारजनाको मृत्यु भएको थियो । हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन् ।

धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ । ‘कोमिलामा भएको घटनाको बृहत रुपमा अनुसन्धान भइरहेको छ । जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछ', ढाकस्थित दक्षेश्वरी हिन्दु मन्दिरमा हिन्दूहरूलाई  शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन्  ।

यसैबीच, दुर्गा पूजा मनाउने क्रममा हिन्दुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ४ : २० बजे