बाढीको स्थितिमा सुधार

बडादशैँको दोश्रो दिन: टीका र जमरा लगाएर आशिर्वाद लिने क्रम जारी

काठमाडौं– आश्विन शुक्लपक्ष बडादशैँको दोश्रो दिन। आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी छ ।

सामान्यत टिकाको दिन शुरु भएको टिका लगाउने क्रम कोजाग्रत पूर्णीमाको दिनसम्म चल्ने हुदाँ टिका लगाउन आवतजावत गर्नेहरुको चहलपहल बढ्ने गर्दछ । टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

कोरोनाको संक्रमण कायमै रहेपनि अघिल्लो बर्षको तुलनामा यस बर्ष दशैंको चहलपहल बढी देखिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ०७ बजे