दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुगे

काबुल । अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् । 

शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् ।  घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

मस्जिदको मुख्य ढोकामा, मस्जिदको दक्षिण भागमा र प्रार्थनपछि हात धुने स्थलमा गरी तीन ओटा बिस्फोट भएको साँक्षीको भनाई उदृत गर्दै अफगान सञ्चार माध्यमहरुले जनाएका छन् । 

दोषीलाई कारबाही गरिने तालिवान सरकारका गृहमन्त्री क्वारी सइद खोस्तीले बताएका छन् । 

प्रार्थनको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटनको कारण केही खुलेको छैन् । त्यस्तै, बिस्फोटको जिम्मा पनि कुनै समूहले लिएको छैन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ३३ बजे