दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

अबुजा – नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन् ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ । अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो । यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ । 

सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ ।  नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन् । सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १ : ५९ बजे