कञ्चनपुर – भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार ११ : २७ बजे
प्रतिक्रिया