साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फुटबल प्रशिक्षक अल्मुताइरीले भने- ‘म साफपछि नेपाल फर्किन्न’

काठमाडौँ । नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औँ संस्करणपछि नेपाल छाड्ने बताएका छन् । 

माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा नेपाल इतिहास रच्दै पहिलाेपटक फाइनलमा पुगेसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने उनकाे भनाई थियाे । 

बुधबार लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको बंगलादेशसँग १-१को बराबरी खेलेर नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको थियो । 

बंगलादेशको लागि सुमन रेजाले खेलको ९ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । 

त्यसपछि दबाबमा परेको बंगलादेशविरुद्ध नेपालका अञ्जन विष्टले निर्णायक गोल गरे । ८८औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गरेका हुन् । योसँगै नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ०७ बजे