दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतमा सोमबार एघार लाखको कोरोना परिक्षण

नयाँ दिल्ली – भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ । हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ । 

सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ । यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ ।  

रासस÷ एएनआइ

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : १८ बजे