दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बढ्यो चारपाङ्ग्रेको आयात

वीरगञ्ज – दसँैतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको पाइएको छ । 

गतवर्ष चाडपर्वमा  कोभिड– १९को सङ्क्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ । सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कूल रु पाँच अर्ब २२ करोड  ७२ लाख ६१ हजार बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैैरै रहेको देखिन्छ । 

यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहँुदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ । 

उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिनुभयो  । सो कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रीएको देखिन्छ । 

रासस

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १ : ३३ बजे