मोतीपुर गोलीकाण्ड, न्यायाधीशलाई मन्त्री उपहार, भूमि आयोग खारेजले सरकारको सय दिन देखियो : प्रदीप ज्ञवाली

​​​​​​​काठमाडौँ – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताउनु भएको छ ।

सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भन्ने अभिव्यक्ति स्मरण गर्दै ज्ञवालीले वर्तमान सरकार सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको उल्लेख गर्नुभएको छ ।

ज्ञवालीले मीनेन्द्रलाई यस्तैगरी चलाउने भनेको हो भनि प्रश्न पनि गर्नुभएको छ । 

‘भूमि आयोग खारेजी, जयसिंह धामी बेपत्ता, १४ सय सड़क आयोजना रद्ध, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतीपुर गोली काण्ड । सय दिनमै यति देखिसके पछि बाँकी के नै रह्यो र ?’ उहाँले सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ ।

यस्तो छ उहाँको ट्वीट :

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : २७ बजे