‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमालेको नयाँ कार्यालयमा रोबोट रिसेप्सनिस्ट 

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी कार्यालयमा रोबोट रिसेप्सनिस्ट राखेको छ  ।  

धुम्बाराहीबाट थापाथलीमा सार्न लागिएको पार्टी कार्यालयमा आउनेहरुलाई आगन्तुकहरुलाई स्वागत गर्न र जानकारी दिन रोबोट रिसेप्सनिस्ट राखिएको एमालेले जनाएको छ   ।

राखिएको रोबोटको नाम ‘परी’ हो भने यो  नेपालमै बनेको रोबोटसमेत हो । रोबोट कार्यालयको गेटमा राखिएको छ । 

प्रधानमन्त्रीद्वारा एमाले मुख्यालयको नयाँ भवनको निरीक्षण

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गर्नुभएको छ ।  उहाँले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गर्नुभएको थियो । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिनुभयो । “चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “ त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सर्छौँ । ”

विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो ।  एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

 

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : ३८ बजे