एमाले अध्यक्ष ओलीले यसवर्ष दशैंको टीका नलगाउने, नवमीमा झापा जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका नलगाउने हुनुभएको छ । पारिवारिक सदस्यको यसै वर्ष निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका लगाउने कार्यक्रम नरहेको प्रेस संयोजक रामशरण बजगाईले चक्रपथलाई जानकारी दिनुभयो ।

अध्यक्ष ओलीको काकाका छोराको यसै वर्ष निधन भएकाले परिवारमा टीकाको कार्यक्रम नरहेको हो । ओलीले नवमीको दिन भने गृहजिल्ला झापामा आयोजित एक कार्यक्रमा सहभागी हुने बताईएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ३५ बजे