पहिला राणाको चाहना पछि प्रचण्ड–माधवको दबाबमा मन्त्री बनाईए हमाल

कविता अधिकारी
काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाको कोटाबाट मन्त्री बनेका/बनाईएका गजेन्द्र हमालले नियुक्तिको भोलिपल्टै पदबाट राजीनामा दिए । राजीनामा दिँदै उनले आफनो नियुक्तिलाई लिएर सार्वजनिक रुपमै विभिन्न प्रश्नहरु उठेको न्यायलयलाई विवादमा तानिएको र आफू विधि र पद्धतिको पक्षमा रहेकोले राजीनामा दिएको दाबी गरे । केही दिन अघि उनै हमालले आफु मन्त्री बन्न लागेको चर्चामा रहेको भन्दै मन्त्री बनाइदिए स्वीकार गर्ने नै बताएका थिए । हमालले जे भनेर राजीनामा दिएपनि उनी परमादेश सरकार र प्रधानन्यायधीश बीचको सेटिङ्गका सहउत्पादन थिए । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको परमादेशबाट हटाएर प्रचण्ड माधव नेपाल र उपेन्द्र यादवको सहयोगमा काँग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेको सार्वजनिक नै छ । माधव नेपालसहित १४ जना सांसदको पद धरापमै रहेको र अदालतको फैसला आउन समेत बाँकी रहेको बेला प्रधानन्यायधीश राणालाई खुसी पारेर सांसद पद जोगाउने सेटिङ्ग भइरहेको प्रमाणीत भएको छ । 

राणालाई खुसी पार्न प्रधानन्यायधीलाई मन्त्रीमा कोटा छुटयाउने न्यायलयको साख ध्यस्त बनाउने र विधिको शासनको खिल्ली उडाउने काम देउवा, प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादवहरुले गरेका हुन् । स्रोतका अनुसार प्रधानन्यायधीश राणा आफु थप विवादमा पर्ने र महाअभियोगसम्मका प्रक्रिया अघि बढ्न सक्ने त्रासले आफ्नो कोटामा मन्त्री बनाउने सुरुको चाहनाबाट पछि हटेका थिए । तर माधव नेपाल र प्रचण्डले प्रधानन्यायधीशलाई सन्तुष्ट नपारि न्यायलयलाई आफ्नो पक्षमा फैसला आउने बनाउन नसकिने भन्दै देउवा समक्ष दबाब दिएका थिए । बाहिर भने प्रधानन्यायधीश राणाले नै अन्तिम समयसम्म पनि दुईवटा मन्त्रालयलाई मागेको भन्दै बदनाम गराउने कोशिस गरिरहे । 

प्रधानन्यायधीश राणाले आफनो तर्फबाट कोही मन्त्री नबन्ने र आफुले त्यो नाम सिफारिस नगर्ने भनिरहँदा पनि देउवा, प्रचण्ड र नेपालकै योजना र निर्णयमा हमाललाई मन्त्री नियुक्त गरिएको थियो । नातामा प्रधानन्यायधीश राणाका जेठान पर्ने पुर्व काँग्रेस नेतालाई मन्त्री बनाउन देउवा तयार नै थिए । प्रचण्ड र माधव नेपालहरुले जसरी पनि राणालाई मन्त्री दिनै पर्ने, मन्त्री दिदाँ अदालतबाट आफनो पक्षमा फैसला आउने सुनिश्चित गराउनुपर्ने सर्त राखेका थिए । र बाहिर सार्वजनिक रुपमा हमाल काँग्रसकै कोटामा मन्त्री बनेको र बनाईएको सन्देश प्रवाहित गर्नुपर्ने सर्तपनि राखेका थिए । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचनमा जाने निर्णय र सिफारिसलाई अदालतले उल्टाइदिएपछि देउवा प्रचण्ड माधव उपेन्द्र प्रतिगमन भएको आरोप लगाउँदै कथित अग्रगमनको गठबन्धनका सहयात्री बनेका हुन् । ओलीले प्रतिनिधिसभा बिगठन गर्दा  अदालतको सेटिङ्गमा गरिएको र अदालतले ओलीकै निर्देशन अनुरुप फैसला गर्ने डंका पिट्दै छाती ठोकदै सडकमा कुर्लेका थिए । तर त्यसको ठिक विपरित उनीहरुले नै प्रधानन्यायधीश राणा र अदालतका अन्य न्ययायधीशसँग सेटिङ्ग गरि ओलीविरोधी मोर्चा बनाएको अहिले प्रमाणित भएको छ । विधि प्रक्रिया संसदीय पद्धति निष्पक्ष न्यायलय जस्ता बिषयको पक्षपाती दाबी गर्ने यो परमादेशी गठबन्धन अब सार्वजनिक रुपमै उद्धाङ्गो भएको छ । संसदीय प्रक्रिया सवैधानिक सर्वोच्चता र निष्पक्ष न्यायलयमाथी आक्रमण र हमला गर्दै जनादेश विपरित कुशासन चलाउनु यसको उदेश्य रहेको देखिन्छ । राजनीतिमा न्यायलयलाई खुला रुपमै हिस्सा छुटयाउने कार्यकारीका अधिकार न्यायपालिकामा पुरयाउने र व्यवस्थापिकालाई पंङ्गु बनाउने यत्रा ठुला हरकत बाहिर आउँदासमेत प्रचण्ड माधव नेपालहरु त्यसलाई टालटुल गर्न लाग्नुले यिनको राजनीति कस्का लागि हो भन्ने प्रष्टै छ । 

देउवा , प्रचण्ड, नेपाल र उपेन्द्रहरु अहिले विकशित राजनीतिक विकृति र विसंगतिको भारी बोक्न तयार देखिदैनन् । त्यसको प्रतिरक्षा गर्ने हिम्मत समेत उनीहरुको छैन । सवै षडयन्त्र आफूहरुले गर्ने र ती षडयन्त्र बाहिर आउँदा जनताको विश्वास थप धुमिल हुने र राजनीति नै समाप्त हुने त्रासले चोलेन्द्र शमशेरलाई देखाएर उनीहरु पानी माथीको ओभानो बन्न खोजिरहेका छन् तर ईतिहासमा यि हर्कतहरु कालाकर्तुतका रुपमा दरिएका छन् । 

काँग्रेसको त बरु आफ्नै परम्परागत मतदाता होलान् तर प्रचण्ड, माधव र उपेन्द्रहरुको राजनीति भने केवल आउने निर्वाचनसम्मका लागि मात्रै हो । प्रचण्ड र माधव नेपालले जति सत्ताको सुख भोग गर्ने हो यहि १६ महिनामै गर्ने हो । जति षडयन्त्र र खेल उनीहरुले गर्ने हुन यहि अवधिमा देउवा र राणाको सहयोगमा गर्ने हुन त्यसपछि उनीहरुको राजनीति अवसान निश्चित छ । किनकी माधव नेपालले पैसा खाएर प्रेम आले, किसान श्रेष्ठलाई मन्त्री बनाएको उनकै सवैभन्दा नजिकका सहयोगी मेटमणी चौधरीले विभिन्न अन्तरवार्तामा बताइरहेका छन् । आफुले पैसा नदिएकै कारण मन्त्री बन्न नसकेको खुलासा गरेका छन् । यस्तै अवस्था प्रचण्ड उपेन्द्र यादवको पार्टीमा पनि छ । देशभर एमालेको र केपी ओलीको पक्षमा जनलहर आएको छ , दैनिक जसो एमाले प्रवेश गर्ने हरुको संख्या ठुलो छ । र त्यसमा बढि प्रचण्डकै कार्यकर्ता र नेता छन् । माधव नेपालसँग लागेका एमाले कार्यकर्ता र नेता माधवका यि पछिल्ला हर्कत र व्यवहारबाट आजित भएर मुल पार्टीमै फर्किरहेका छन् । काँग्रेसमा समेत आन्तरिक गुट र बिभाजनले ठुलै विवाद श्रृजना गरेको छ । देउवा सरकारले पार्टीकै बदनाम गरेको र कथित गठबन्धनका कारण निर्वाचनबाट अपेक्षित परिणाम हासिल हुन नसक्ने भन्दै असन्तुष्टिका स्वरहरु बाक्लै सुनिन थालेका छन् । 

देशको सवैभन्दा ठुलो पार्टी र त्यसका शक्तिसाली नेता ओलीबिरुद्ध आफुहरुले मात्रै नसकेपछि अदालतमा समेत हारगुहार गर्न दक्षिणपन्थी र पहिले  असफल भइसकेका देउवालाई नेता बनाएर हिडेका आफुलाई कम्युनिष्ट ठान्ने नेताहरु सम्मिलित सरकारको काम र विवादास्पद निर्णयहरुबाट काँग्रेसका नेताहरु पनि चिन्तित देखिएका छन् । देशको विकास र समृद्धिको कुरै छोडौ कसरी राष्ट्रलाई लुट्ने र राष्ट्रका संस्थाहरुलाई समाप्त पार्ने भन्ने बाहेक यो गठबन्धनको अर्को कुनै दृष्टिकोण छ जस्तो देखिदैन । न्यायलयसँग सेटिङ्ग गरेर एमालेलाई केही कमजोर बनाउन सकिन्छ भन्ने यिनले ठानेका छन तर जनताले यो गठबन्धनले आफू सत्तामा जानका लागि गरेको कतुर्त र षडयन्त्र अब बुझिसकेका छन् । 
 
 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १ : ५२ बजे