सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं महानगरपालिका प्रशासनिक भवनकोे शिलान्यास

​​​​​​​काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निमाणकोे शिलान्यास गरिएको छ ।

सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्यास गर्नुभयो । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको आठतले सुविधासम्पन्न भवन बनाउन लागिएको हो ।

काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले जनाएको छ । भवनभित्र नेवारी शैलीका चोकहरू रहने बताइएको छ ।

भवन संरचनामा प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासनरकर्मचारीरआगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्ट्याइएको छ । विपत्को समयमा प्रयोग गर्न सकिने गरी आपत्कालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहने बताइएको छ ।

भवनको भुइँदेखि सातौँ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा २०० जना क्षमताको र १०० जना क्षमताको छुट्टाछुट्टै दुई हल निर्माण गरिने जनाइएको छ ।

भवन वि.सं.२०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३५९ रुपैयाँ रहेको छ ।
 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १ : ०३ बजे