जन्ती बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । जन्ती बोकेको जिप दुर्घटना हुँदा अछाममा तीन जनाको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति भएको दुर्घटनामा चालकसहित १६ जना घाइते भएका हुन्।

मृत्यु हुनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने,  १८ वर्षीयका सर्व बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने दुईजनालाई नेपालगञ्जमा उपचार भईरहेको छ। से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ०८ बजे