साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

साफ च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसँग १-०ले स्तब्ध बनेको हो । 

भारतको जितमा कप्तान सुनिल क्षेत्रीले एकमात्र निर्णयक गोल गरे । खेलको पहिलो हाफ दुवै देशले गोलरहित बराबरी खेलेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको ८२ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई १-०को जित दिलाएका हुन् ।

खेलमा बलियो देखिएको भारतविरुद्ध नेपालले सुधारिएको प्रदर्शन कायम राखे पनि गोलको अवसर बनाउन भने सकेन । एक गोलले पछि परेपछि आक्रमक खेल पस्केको नेपालले पाएको मौका पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न पुग्यो । 

यो जितसँगै भारतले फाइनल पुग्ने समीकरणको सपना जिवितै राखेको छ । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले भने फाइनल पुग्न अर्को खेल कुर्नुपर्ने भएको छ । नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४८ बजे