लुम्बिनीमा १७ सदस्यीय मन्त्रिमण्डल, १० मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद्‍ विस्तार गरेका छन् । केसीले आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपेका हुन् ।  अब लुम्बीनको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ ।  नवनियुक्त सबै मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ खुवाएका छन्।

 नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनबाट गत साउन २८ मा सात सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो।

लुम्बिनीमा कांग्रेसका चार मन्त्री र दुई राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित चार मन्त्री र दुई राज्यमन्त्री, जसपाका तीन मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन्। 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ५ : १६ बजे