सुनको मूल्यमा नयाँ कीर्तिमान

रुपन्देहीको निर्माणाधीन औधोगिक क्षेत्रमा गोली चल्यो,  ६ जना घाइते

काठमाडौँ । रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा गोली चल्दा छ जना घाइते भएका छन् । 
जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच झडप हुँदा गोली चलेको हो । गोली चल्दा सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् ।

निर्माणाधीन औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरुलाई हटाउने क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा गोली चलेको बताइएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्यनारायण थापाले दिउँसो साढे १ बजेतिर कब्जा गरिएको जग्गाबाट व्यक्तिहरु हटाउने क्रममा गोली चलेको बताउनुभयो  । स्थानीय बासिन्दाहरुले दुवैतर्फबाट गोली चलेको बताएका छन् ।  

रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो ।

साथै २०७३ मा ८१३ बिगा क्षेत्रफल जग्गामा मोतीपुर औधोगिक क्षेत्रको नाममा पुर्जासमेत बनेको छ । पछिल्लो समय बुटवल क्षेत्रमा पर्ने करिब २०० बिघा क्षेत्रफल कब्जा गर्दै ४०० घरटहरा निर्माण गरिएका छन्। 

कब्जा गरी बस्नेहरु हटाउन आइतबार बिहानैदेखि जिल्ला प्रशासनले औधोगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाएको थियो । 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : ३३ बजे