प्रधानमन्त्री र प्रधानन्यायाधीशले नैतिकता देखाउने आँट गर्नुहुन्छ ? : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताउनु भएको छ ।

व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधानन्यायाधीश राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? भनि ट्विटरमा प्रश्न गर्नुभएको छ ।

निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उहाँको भनाइ छ ।

यस्तो छ उहाँको ट्वीट :-

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : १३ बजे